१४ भदौ, बुटवल । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।
अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस