समाचार

कालीकोटको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट)

pahiro jumla

१४ भदौ, जुम्ला । कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पहिरोमा परी शुभकालिका गाउँपालिका–६ का एकै परिवारका ४० वर्षीय परेश शाही, उनकी ७ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिना को छोरा अक्कल शाही छन् ।

त्यस्तै संगै तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनविर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीय छोईनो दमाई र ६ वर्षीय गजेन्द्र दमाई रहेका छन् । साथै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका २३ वर्षीय अमृत थापा र भेरीगंगा नगरपालिका १० की आईती खड्काको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका कारण गम्भीर घाइते भएकी ३५ पर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस