समाचार

गोरखामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो

Gorkha bazaar

१५ भदौ, गोरखा । गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ ।

आफ्नै प्रयोजनका लागि निजी गाडी चल्न थालेका छन् । ती गाडीमा चालकसहित तीन जनाभन्दा बढी यात्रु राख्न भने नपाइने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् ।

कोभिड-१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।

अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस