समाचार

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

gold shop

१५ भदौ, काठमाडौं । सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । आइतबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भइ ९७ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला थियो । यसैगरी चाँदीको भाउ एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ । आइतबार १३४० मा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *