समाचार

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

rape

१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।

छिमेकी समेत रहेका उनले बालिकालाई चकलेट खान दिइ फकाएर अनैतिक काम गर्न लगाएकाे स्थानीयकाे आराेप छ । बालिकाका बाबुआमा दुवै जना विदेशमा छन् ।

साेधपुछका क्रममा बालिकाले ४/५ महिनादेखि ती छिमेकीले यस्ताे काम गर्दै आएका थिए । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस