१५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस