
१५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । संक्रमितमध्ये २१ हजार ४१० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस