समाचार

कपिलवस्तुमा निषेधाज्ञा भदौ २२ गतेसम्म लम्बियो

Kapilbastu CDO Office

१५ भदौ, काठमाडौं । कपिलवस्तुमा निषेधाज्ञा भदौ २२ गतेसम्म लम्बिएको छ । यसअघि घोषणा गरिएको निषेधाज्ञा सोमबार (आज) राति १२ बजे सकिन लागेको बेला जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले भदौ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा थपेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार दिउँसो निषेधाज्ञाबारे सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा अवधिमा जिल्लाभर बजार, व्यवसाय, सार्वजनिक यातायात सेवा,उद्योग, होटेल, रेष्टुरेन्ट, खाजा घर आदि सञ्चालन गर्न नपाइने जनाएका छन् ।

यस्तै सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यकीय बाहेकका सबै सेवाहरु पनि बन्द हुनेछन् ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ बजेदेखि १० बजेसम्म समय तोकिएको छ भने उद्योग-कलकारखनाहरु र बैंक तथा वित्तीय संस्थाहरुको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस