समाचार

हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै

Yubraj Khatiwadda

१५ भदौ, काठमाडौं । सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिने भएको छ ।

नेपाल सरकारको भदौ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस