
१५ भदौ, बुटवल । रुपन्देहीमा एक किशोरको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का अनिद अहमदको छोरा १७ वर्षीया सदाव आलमको सोमबार पानी पोखरीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको पानीको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले देखेर उद्धार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस