
१५ भदौ, काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
प्रतिक्रिया दिनुहोस