राजनीति

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

kp and bidya

१५ भदौ, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले सोमबार साँझ सामाजीक संजाल ट्वीटरमा लेखेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुस्खद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

त्यसैगरी सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले नेपालीमा ट्वीट गर्दा प्रधानमन्त्री ओलीले भने अंग्रेजीमा ट्वीट गरेका छन् । उनले मुखर्जीको तस्वीरसहिअत पोस्ट गर्दै मुखर्जीको निधनमा भारत तथा भारतीय जनता र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस