
१६ भदौ, काठमाडौं । विगत ४ महिनादेखि बेपत्ता भएका बेलायती कुटनीतिज्ञ रिर्चाड मोरिसको शव फेला परेको छ ।
नेपालका लागि पूर्व बेलायती राजदूत समेत रहेका रिर्चाडको हाम्पसायर जंगलमा शव भेटिएको हो । गएको ६ मे तारिकमा आफ्नो घर ब्र्रेन्टिलीबाट बिहान दौडिन निस्किएका थिए ।
हराइरहेका उनको २ माइल टाढा एलिस हल्ट जंगलमा प्रहरीले शब फेला पारेको बीबीसीले जनाएको छ। ५२ वर्षमा मोरिस जुन जंगलमा दर्गुन मनपराउँथे त्यही ठाउँलाई प्रहरीले खोजीको केन्द्रमा राखेको थियो ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस