समाचार

कोरोना संक्रमणबाट वीरगन्जमा थप २ जनाको मृत्यु

covid 19 dead

१६ भदौ, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्ज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं. २० का ५३ वर्षिय संक्रमित पुरुष छन् । उनको आज बिहान मृत्यु भएको हो ।

वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा १८ दिनदेखि उपचाररत उनको बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनलाई मृगौला र मधुमेहको समेत समस्या थियो ।

यस्तै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन ।

उनी सोमबार सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका थिए । ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको गए राति पौने ९ बजे मृत्यु भएको हो ।

अब वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । साउन यतामा मात्रै ४९ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस