समाचार

रौतहटका एक युवकको भारतमा गोली हानी हत्या

hatya

१६ भदौ, रौतहट । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ  । इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी हत्या गरिएको हो ।

सिमावर्ती भारत बिहार घोडाशहन थानाक्षेत्र अन्तरगत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा साहको कन्चटमा गोलाी हानी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको प्रवक्ता श्रेष्ठले बताए ।  हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस