अर्थनीति

सोमबारको तुलनामा तीन गुणाले बढ्यो सुनको मूल्य

gold shop

१६ भदौ, काठमाडौं । मंगलबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार ३ गुणाले सुनको मूल्यमा वृद्धि भएको हो ।

सोमबार ३ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि भएर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार ९ सय रुपैयाँले वृद्धि हुँदै ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार पनि ३ सय रुपैयाँले मूल्य वृद्धि हुँदै ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै मंलगबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपियाँले बढेर १ हजार ३९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *