समाचार

विराटनगरमा १४६ किलो गाँजा बरामद

gaja

१६ भदौ, विराटनगर । प्रशासनले निषेधाज्ञा जारी गरिरहँदा विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सोमबार बेलुका साढे सात बजे विराटनगर–१७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट विराटनगर टोलीले १४६ किलो गाँजासहित ३४ वर्षीय सुरेशकुमार मेहतालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारततर्फ लैजाने क्रममा को २ त ६०५७ नम्बरको ट्रयाक्टर र चालक सुनसरी गढी गाँउपालिकाका मेहतालाई पक्राउ गरिएको हो ।

ट्याक्टरको टलीमा फल्स बटम बनाएर राखिएको गाँजा धरानबाट विराटनगर हुँदै रानी पुगेको थियो । सोमबार बिहान १० बजे विराटनगर भित्रिएको ट्याक्टर दिनभर बजार क्षेत्रमा राखेर साँझमा भारततर्फ लगिएको थियो ।

विराटनगर महानगरपालिका-१७ मा रहेको एकीकृत भन्सार जाँच चौकी क्षेत्रबाट ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले बताए । ट्याक्टर गाँजा र चालकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उनले बताए ।

सशस्त्र प्रहरीले ट्याक्टरमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा एक सय २७ पोका बरामद गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस