१६ भदौ, काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ । केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो ।
सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो ।
जसमा उनलाई कोरोना लागेको देखिएको हो । लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन् ।
७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई पहिलाे अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले त्यसअघि नै १९७२ मा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस