समाचार

लिदी पहिरो : मृत्यु हुनेको संख्या ३७ पुग्यो, २ जना अझै बेपत्ता

sindhupalchowk pahiro1

१६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस