
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ३९३ , ललितपुरका ५८ र भक्तपुरका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस