
१६ भदौ, काठमाडौं । नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । संक्रमितमध्ये २२ हजार १७८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २३९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस