
१६ भदौ, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागुपदार्थ तस्करविरुद्ध कडा कदम चाल्न आदेश दिएका छन् ।
डुटेर्तेले भन्सार प्रमुखहरुलाई लागुपदार्थ तस्करलाई गोली हानेर मार्नू भनेर सार्वजनिक रुपमा आदेश दिएको हुन् । राष्ट्रपति दुतेर्तेले गैरन्यायीक हत्याको आदेश दिएको कुरा अस्वीकार गरेका छन् । तर लागूऔषध तस्करहरुको हत्या गर्न बारम्बार उनले आदेश दिँदैआएका छन् ।
उनी र राष्ट्रिय प्रहरीले फिलिपिन्समा लागूऔषध विरोधी अभियान सञ्चालन गर्दैआएका छन् । पछिल्लो सोमबार दुतेर्तेले भन्सार विभागका आयुक्त रे लियोनार्दो गुरेरोलाई हत्याका लागि आदेश दिएका हुन् । मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक गरिएको मन्तव्यमा उनले हत्याको आदेश दिएका हुन् ।
गुरेरो पूर्व सैनिक जनरल र सेना प्रमुख हुन् । जसलाई दुतेर्तेले सोमबार मनिलास्थित राष्ट्रपति कार्यालयमा भेट पनि गरेका थिए । दुतेर्तेको लागूऔषधविरोधी अभियानको क्रममा ५ हजार ७ सय भन्दा धेरै लागूऔषध शंकास्पदहरुको हत्या भइसकेको छ । तर पश्चिमा देशहरुबाट दुतेर्ते सरकार मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचित बन्दैआएको छ ।