समाचार

प्रधानमन्त्री ओलीले बंगलादेशसँग सापटी मागे युरिया मल

kp hasina

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग रासायनिक मल सापटी मागेका छन् ।

प्रधानमन्त्री ओलीले आज बंगलादेशकी  प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन कुराकानीमा धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।

नेपालले खरिद गरेको मल ल्याउन ठेकेदार कम्पनीहरुले ढिलाई गरिरहेका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेका कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । साथै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धको बारेमा पनि कुराकानी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस