समाचार

पाल्पामा पहिरोमा परी एकजना बेपत्ता

pahiro 2

१६ भदौ, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमवार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरो गएको थियो ।

गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी गरिरहेको बताए। प्रवक्ता रेग्मीका अनुसार सोमवार पहिरो गएको क्षेत्रमा थापाले दाउरा बोकेर हिँडेको थिए ।

गाई गोठालाले थापालाई पहिरो गएको क्षेत्रमा देखिएको गाउँपालिका प्रवक्ता रेग्मीले बताए । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीका टोली खटिएको प्रहरी उपरीक्षक गिरीले बताए । रम्भा गाउँपालिकाको कार्यालय नजिकै पहिरो खस्दा डोजर घटनास्थल पुग्न सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस