
१६ भदौ, काठमाडौं । बाँकेमा मंगलबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका अधिकांश फ्रन्टलाइनर हुन् । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६७ पुगेको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा प्रहरी, पत्रकार, बैंकर्स र स्वास्थ्यकर्मीसहित बाँकेका २४ जना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा २४ संक्रमितमध्ये पुरुष १५ महिला ९ जना छन् । जिल्ला स्वास्थ्य कार्यालय बााकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।
त्यसैगरी नविल बैंक र माछापुच्छ्रे बैंकका एकएक जना कर्मचारी र आन्तरिक राजस्व कार्यालयका थप एकजना कर्मचारीमा पनि भाइरस देखिएको छ । यसका साथै बर्दियाका ४ र दाङका ५ जनामा समेत संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।