राजनीति

एसिड आक्रमणको शिकार बनेकी मुस्कानले भेटिन प्रधानमन्त्री ओलीलाई

muskan

१६ भदौ, काठमाडौं । एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । खातुनले मंगलबार बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

गत वर्ष मुस्कानमाथि एसिड आक्रमण भएको थियो । एसिड आक्रमणका अपराधीमाथि कडा कारबाही र पीडितको पुनस्र्थानाका विषयमा बहस भइरहेकाबेला खातुनले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु बढिरहेका छन् । हालै ओखलढुंगाकी एक युवतीमाथि गंगबु क्षेत्रमा एसिड आक्रमण भएको थियो । उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस