समाचार

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना संक्रमित

Karnali swasthya pratishan

१७ भदौ, जुम्ला । जुम्लाको कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो ।

अस्पतालका निर्देशक डा.मंगल रावलका अनुसार संक्रमितमध्ये १० जना कैदीबन्दी रहेका छन् । त्यस्तै, चन्दननाथ नगरपालिकामा १६ र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका एक जना कर्मचारी र कृषि कार्यालयका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

योसँगै जुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ । ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको डा.रावलले बताए । जुम्लामा कोरोना संक्रमितको संख्या एक सय ४१ पुगेको छ। जसमध्ये ३२ जना निको भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस