स्वास्थ्य

पाल्पामा फुड बैंकबाट चारसय मजदुरलाई खाद्यान्न

Food Bank

१७ भदौ, तानसेन । पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन् । जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

लायन्स क्लब रामपुरले ‘हुने खानेले हुँदा खानेलाई दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ युथ युनियन मटेरी क्लब, रामपुर युवा क्लब, इस्लामिक सक्रिय युवा समाज, सिज नेपाल सदावर्त र  भम्बक युनाइटेडको समन्वयमा फुड बैंक स्थापना गरी खाद्यान्न सामग्री वितरण गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिममा लागू गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र विपन्न वर्गका नागरिकका लागि फुड बैंक स्थापना गरी खाद्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष खिमबहादुर केसीले बताए ।

यसले दैनिक जीविकोपार्जन गर्न समस्या परेका नागरिकलाई सजिलो परेको छ।  फुड बैंकमार्फत एक व्यक्तिलाई पाँच किलो चामल, एक-एक किलो दाल, नुन र आधा लिटर खानेतेल वितरण गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस