
१७ भदौ, काठमाडौं । ७ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा ४० वर्षीय बुवा पक्राउ परेका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त बानेश्वरले बालिकाको बुवालाई पक्राउ गरेको हो ।
बालिकालाई ७ महिनादेखि बुवाले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।
छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बुवाको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
अहिले उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस