समाचार

प्रेसको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍ने युवा पक्राउ

press jacket pulchowk

१९ भदौ, काठमाडौं । प्रेस लेखिएको ज्याकेट लगाएर बिहीबार ललितपुरको पुल्चोकमा प्रहरीमाथि ढुंगा हान्‍ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

झडपका क्रममा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍ने महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार इमाडोलबाट पक्राउ गरेको हो । उनी पत्रकार नभएको खुलेको छ ।

पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस