१९ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी शुक्रवार सात ओटा अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६५१ जना यात्रु नेपाल आएका छन् ।
हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ । यस्तै कोरियन एयरले सोलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार जना यात्रु लगेको छ । फ्लाई दुबईले दुबईबाट १५२ जना यात्रु काठमाडौं ल्याएको छ ।
शुक्रवार नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ । कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई ओटा शव नेपाल ल्याएको छ । त्यस्तै, आन्तरिकतर्फ शुक्रवार सात ओटा उडान भएका छन् ।
प्रतिक्रिया दिनुहोस