समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

weather mausam

२० भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा  नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ ।

जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश,  गण्डकी प्रदेश,  प्रदेश नं ५ र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको छ ।

यस्तै, आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस