समाचार

बुटवलको कोरानो विशेष अस्पतालमा थप दुई जनाको मृत्यु

covid 19 dead body

२० भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

रूपन्देही बुटवल-११ का ४० वर्षीय पुरूषको शुक्रबार राति र नवलपरासी प्रतापपुर गाउँपालिकाकी ३७ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतकमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो ।

भदौ १५ र १७ गते अस्पतालमा भर्ना भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको हो । बुटवलमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । रूपन्देहीमा १५ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै रूपन्देहीका तीन जनाको ज्यान गएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस