
२० भदौ, धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो ।
गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए । उनी बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएका उनको विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस