समाचार

खोटाङमा अज्ञात समूहद्वारा दाजुबहिनीको हत्या

bead body tag

२० भदौ, खोटाङ । खोटाङमा अज्ञात समूहद्वारा दाजु–बहिनीको हत्या गरिएको छ । खोटाङको जन्तेढंगा गाउँपालिका–४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो ।

शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गर्नुको कारण भने खुलेको छैन । तर, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी नारायण प्रसाद चिमोरियासहितको टोली पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस