
२० भदौ, काठमाडौं । विश्व चर्चित अनलाईन गेम पब्जीमाथि प्रतिबन्ध लगाएको भारतले पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउने भएको छ ।
गतहप्ता मात्र भारतले पब्जीलाई प्रतिबन्ध गरेको थियो । त्यसको केही दिनमै भारतमा पब्जीजस्तै गेम फौजी आउने घोषणा गरिएको हो । बलिउड अभिनेता अक्षय कुमार र एक भारतीय कम्पनीले यस अनलाईन गेम ल्याउन लागेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई प्रोत्साहन गर्दै आफ्नै ‘फौजी’ गेम लन्च गर्न लागेको अक्षयले ट्वीटमार्फत जानकारी दिएका छन् ।
गेम प्रयोगकर्ताहरुले यसबाट सैनिकहरुले दिने बलिदानबारेमा जान्न बुझ्न पाउनेछ उनको दाबी छ । इन्कोर गेम्सले निर्माण गरेको उक्त गेमबाट आउने २० प्रतिशत राजश्व भारतको वीर ट्रस्टलाई दिने अक्षयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस