विश्व/प्रवास

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको प्रशंसा

modi and trump

२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी छन्, उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता छन् ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहेका छन् , त्यो धेरै राम्रो भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस