
२० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
संक्रमितमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट २८० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस