समाचार

पाल्पामा बलेरो जिपको ठक्करबाट एक जनाको मृत्यु

road accident

२० भदौ, बुटवल । पाल्पामा बलेरो जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

तानसेनबाट रामपुर नगरपालिकामा खाद्यान्न बोकेर गएको ना ३ च ८८०८ नम्बरको जिपले रम्भा गाउँपालिका-५ ताँहुको मुडुली चौपारीमा ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका ६० बर्षिय भुपाल सिंह राना रहेका छन् । उनको ताहु प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए ।

जिप र चालक नियन्त्रणमा लिइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *