
२० भदौ, चितवन । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’लाई अस्पतालबाटै नियन्त्रणमा लिएको छ । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिबार अपराह्न नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले धनुषामा उनीविरूद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाको पत्रको आधारमा उनलाई अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिइएको थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुर्याइएको छ । हेडक्वारटरसँग समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता थापाले शर्मालाई धनुषा पठाइने जानकारी दिए । शर्मालाई चितवन प्रहरीले गत वैशाख २३ गते पनि अस्पतालबाटै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस