विश्व/प्रवास

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

russia and india

२० भदौ, बेइजिङ । चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी ाजधानी मस्कोमा भेटवार्ता भएको छ ।

चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

भेतमा दुई देशका सन्धि तथा सम्झौताको पालना गर्दै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार गरी नचिढाउने, परिस्थितिलाई चर्को पार्ने गतिविधि नचाल्ने र नकारात्मक सूचना प्रचार नगर्ने र नफैलाउने विषयमा छलफल भएको मन्त्री वैले बताए ।

दुबै पक्षले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरताको पक्षमा कुरा राखेका बताइएको छ ।

वर्तमान अवस्थामा सिमानाको शान्ति तथा स्थिरता द्विपक्षीय सम्बन्धका लागि ज्यादै महत्वपूर्ण रहेको भारतीय रक्षामन्त्री सिंहले जोड दिएका थिए । चीन र भारतले सैन्य तथा कूटनीतिलगायत वार्ता मञ्चको संचालनलाई कायम राखेर वार्ता तथा परामर्शद्वारा शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्ने उनले बताएको चिनियाँ स्रोतले उल्लेख गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस