समाचार

तीन सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

gold shop

२१ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ ।

आइतबार चाँदीको मुल्यमा चाँदी तोलामा १० रुपियाँले बढेर १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस