समाचार

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

covid 19 dead body

२१ भदौ, गोरखा । गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाकी ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।

ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी ढकालले बताए ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस