समाचार

एम्बुलेन्समा राखेर १४ वर्षीया बालिकाको ‘अपहरण’, तीन जना पक्राउ

apaharana

२१ भदौ, काठमाडौं । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन् ।

अपहरणमा परेकी बालिकाको काभ्रे साँगाबाट सकुशल उद्दार गरीएको प्रहरीे जनाएको छ । एम्बुलेन्स चालक आचार्यले को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङले को२च ३१२१ नम्बरको एम्बुलेन्सका चलाउछन् ।

अपणमा परेकी बालिकाकी आमाले भदौ १६ गते एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेको कुरा रणपहेलीले थाहा पाएका थिए । सो पैसाकसहित बाहिकालाई आफूसँग जान रणपहेलीले धम्कि दिए । ज्यान मार्ने धम्की दिएपछि बालिका १७ गते पैसा लिएर निस्किन तयार भइन् । रणपहेलीले बिरामी बोकेर काठमाडौं जाँदै गरेको चालक आचार्यको को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे ।

पैसा र बालिका दुबै हराएपछि आमाले प्रहरीमा उजुरी गरिन्। उजुरी परेलगत्तै प्रहरीले खोजतलास सुरु गर्‍यो । सो क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र एम्बुलेन्सलाई समात्न सफल भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस