समाचार

चन्द्रागिरीमा छोराले गरे बाबुआमामाथि चक्कु प्रहार, छोरा पक्राउ

knife attack

२१ भदौ, काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि चक्कु प्रहार गरेका छन् ।

शनिबार राति मापसे गरेर आफ्नै ५३ वर्षीय बावु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा ३२ वर्षीय छोरा श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मापसे गरेर राति घर पुगेका तामाङले आफ्नौ बाबु–आमालाई चक्कु हानेका थिए । घाइते दम्पतीलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस