
२१ भदौ, दाङ। दाङमा भोलि बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा जारी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा निषेधाज्ञा हुने प्रजिअ रिजालले बताए । बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने उनले बताए ।
एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस