समाचार

ललितपुरका सीडीओ भन्छन् : उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ

narayan pd bhatta

२१ भदौ, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले अघिल्लो चाडपर्वमा निषेधाज्ञा कायम राखेकोले संक्रमण कम भएको बताउँदै निषेधाज्ञा केही खुकुलो पार्दै भएपनि दसैंसम्म राख्नुपर्ने बताएका हुन् ।

‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला। अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस