![pcr test lab](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
२१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा काठमाडौं जिल्लाका दुई सय ९० जना, ललितपुर जिल्लाका ३२ जना र भक्तपुर जिल्लाका ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए ।
प्रतिक्रिया दिनुहोस