समाचार

पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

२१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा १० हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

योसहित नेपालमका कोरोना संक्रमितको संख्या ४६ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा थप एक हजार आठ सय १४ जना कोरोनामुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस