
२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको जानकारी दिए । उनका अनुसार उक्त अस्पतालमा उपचाररत बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने छ ।
यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस